गोठाटारबाट पेस्तोलसहित धरानका युवा पक्राउ, हातहतियार मुद्दामा अनुसन्धान सुरु

यस स्टोरीको अंश: गोठाटारबाट पेस्तोलसहित सन्दीप परियार पक्राउ, हातहतियार मुद्दामा अनुसन्धान
pradeskhabar.com · 6 दिन अघि

कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारस्थित पहेँलो पुलबाट प्रहरीले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१७ का २३ वर्षीय सन्दीप परियार रहेका छन् । प्रहरीले बिग्रिएको अवस्थामा रहेको बा४ख ५२४१ नम्बरको आइसर गाडीको सिटमुनि लुकाइछिपाइ राखिएको म्याग्जिनसहितको पेस्तोल बरामद गरेको जनाएको छ । पक्राउ परेका परियारविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू