लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई सार्वभौम बनाएको छ : राष्ट्रपति पौडेल
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा गणतन्त्र दिवसमा सम्बोधन: राष्ट्र निर्माणको प्रेरणा र अभिभारा
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकलाई पूर्ण रूपमा सार्वभौम बनाएको बताएका छन् । गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राज्यसत्ता र शक्तिको अन्तिम स्रोत नागरिक नै भएको उल्लेख गरे । उनले नेपालको संविधानले संघीयता, समावेशिता, सामाजिक न्याय र समाजवादका मान्यतालाई आत्मसात गर्दै विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्थाको आधार निर्माण गरेको बताए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›