बजेट– विगत र वर्तमान : सुवर्णशमशेरले ५ करोड २५ लाखको पहिलो बजेट ल्याएका थिए
▸ यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसदमा प्रस्तुत गरे
अर्थमन्त्री स्वर्णिम वाग्लेले आज दिउँसो ४ बजे संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आय–व्यय विवरण सार्वजनिक गर्ने कार्यक्रम रहेको छ । नेपालमा औपचारिक रूपमा बजेट सार्वजनिक गर्ने अभ्यास २००८ सालबाट सुरु भएको हो । तत्कालीन प्रधानमन्त्री मातृकाप्रसाद कोइराला नेतृत्वको सरकारका अर्थमन्त्री सुवर्ण शमशेरले पहिलो पटक ५ करोड २५ लाख २९ हजार रुपैयाँको बजेट संसद्मा प्रस्तुत गरेका थिए । त्यतिबेला ३ करोड ६ लाख १९ हजार रुपैयाँ राजस्व उठ्ने अनुमान गरिएको थियो । पहिलो बजेटमा सडक सञ्जाल विस्तार, हवाई अड्डा निर्माण, कृषि सहायता, शिक्षा, स्वास्थ्य तथा घरेलु उद्योग प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको थियो । पछिल्ला दशकहरूमा भने नेपालको बजेटको आकार तीव्र रूपमा विस्तार हुँदै गएको छ । आर्थिक वर्ष २०७३र७४ मा १० खर्ब ४१ अर्ब रुपैयाँ रहेको बजेट क्रमशः बढ्दै २०७६र७७ मा १५ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको थियो । कोभिड–१९ महामारीका कारण २०७७र७८ मा बजेट घटेर १४ खर्ब ७४ अर्ब रुपैयाँमा सीमित भए पनि त्यसपछि पुनः वृद्धि भएको देखिन्छ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›