सप्तकोशी नदीबाट ४ सय ७५ किलो गाँजा बरामद
▸ यस स्टोरीको अंश: सशस्त्र प्रहरीले सप्तकोशी नदीको टापुबाट ४७५ किलो गाँजा बरामद गर्यो
सप्तकोशी नदी बीचको टापुबाट करिब ५ क्विन्टल गाँजा बरामद भएको छ । ४ सय ७५ किलोग्राम गाँजा बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र उदयपुर जिल्लाको बेलका नगरपालिका–८ स्थित सप्तकोशी नदीको बीच टापुमा लुकाइ राखेको १६ बोरा गाँजा बरामद गरिएको हो । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन वेश चतराबाट इन्सपेक्टर मेघराज राउत र सुरक्षा वेश रामपुरका इन्स्पेक्टर राजविक्रम खड्काको कमाण्डमा खटिएको टोलीले गाँजा बरामद गरेको हो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित