पर्साका औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क उपलब्ध गराउन आलटाल
▸ यस स्टोरीको अंश: पर्साका औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि तथ्याङ्क दिन आलटाल गरेको आरोप
तथ्याङ्क समन्वय कार्यालय वीरगंजले पर्साका ठूला औद्योगिक प्रतिष्ठानहरूबाट आर्थिक गणनाका लागि आवश्यक तथ्याङ्क संकलनमा समस्या भएको जनाएको छ । तथ्याङ्क समन्वय कार्यालय वीरगंजका प्रमुख पुष्कर बिजुक्छेँले पर्साका ठूला औद्योगिक प्रतिष्ठानले आर्थिक गणनाका लागि आवश्यक पर्ने तथ्याङ्क गणकलाई उपलब्ध नगराएको दाबी गरेका छन् । ‘पर्साका ठूला औद्योगिक प्रतिष्ठानमा पत्रसहित पुगेका आर्थिक गणनाको गणकहरूलाई खटाएका छौँ। तर, त्यहाँबाट आवश्यक पर्ने तथ्याङ्क पनि पाउन समस्या भइरहेको छ,’ उनले भने, ‘यही जेठ ७ गते हुने समीक्षा बैठकमा तथ्याङ्क उपलब्ध नगराउने औद्योगिक प्रतिष्ठानहरूको सूचीका बारेमा छलफल गर्ने तयारी रहेको छ ।’
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›