सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण २४ घण्टाभित्र पेस गर्न आदेश दियो
सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारणसहित २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको छ। प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश महेश शर्मा पौडेलको इजलासले महान्यायाधिवक्ताको कार्यालयमार्फत अनुसन्धानको फाइल पेस गर्नसमेत निर्देशन दिएको छ।