नामको अगाडि जथाभाभी ‘डाक्टर’ नझुन्ड्याउन मेडिकल काउन्सिलको निर्देशन
▸ यस स्टोरीको अंश: नेपाल मेडिकल काउन्सिलद्वारा कानुनविपरीत ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
नेपाल मेडिकल काउन्सिलले कानुनविपरीत आफ्नो नामको अगाडि ‘डाक्टर’ (डा.) शब्द प्रयोग नगर्न सम्बन्धित सबैलाई कडा निर्देशन दिएको छ। नियमविपरीत उपाधि प्रयोग गर्ने कार्य तत्काल नरोकिए कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइने काउन्सिलले स्पष्ट पारेको छ। काउन्सिलका निमित्त रजिष्ट्रार डा. दीपेन्द्र पाण्डेद्वारा जारी सूचनामा विभिन्न विधाका स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिहरूले नियमविपरीत रूपमा आफ्नो नामअघि ‘डाक्टर’ शब्द प्रयोग गर्ने गरेको पाइएकाले यस्तो कार्य तत्काल रोक्न आग्रह गरिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित