सुनकोशी मरिण आयोजनाको ठेकेदार रमण-पटेल जेभीसहित ११ कम्पनी कालोसूचीमा
▸ यस स्टोरीको अंश: सुनकोशी मरिण डाइभर्सनको ठेकेदार रमण–पटेल जेभीसहित ११ कम्पनी तीन वर्षका लागि कालोसूचीमा
सार्वजनिक खरिद अनुगमन कार्यालयले राष्ट्रिय गौरवको सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणमा ढिलासुस्ती गरेपछि रमण–पटेल जेभीसहित ११ कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । जनकपुर–९ धनुषा ठेगाना भएको रमण कन्स्ट्रक्सनले भारतको पटेल इन्जिनियरिङ लिमिटेडसँग मिलेर सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवक्र्स), विद्युतगृहलगायतका सिभिल संरचना, गेटलगायतका हाइड्रोमेकानिकल उपकरण आपूर्ति तथा जडानका लागि ठेक्का पाएको थियो । तर, काममा ढिलासुस्ती गरेकाले गत वर्ष कात्तिक २५ गते आयोजनाले ठेक्का किन नतोड्ने भनेर स्पष्टीकरण सोधेको थियो ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›