काम नगर्ने ठेकेदारमाथि सरकारको डण्डा: १४ निर्माण कम्पनी कालोसूचीमा, अब सरकारी ठेक्कामा पूर्ण प्रतिबन्ध
▸ यस स्टोरीको अंश: सुनकोशी-मरिण ठेक्कामा लापर्वाही गर्ने रमण-पटेल जेभी तीन वर्षका लागि कालोसूचीमा
वर्षौंदेखि ठेक्का लिएर काम नगर्ने र आयोजना अलपत्र पार्ने १४ निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनीलाई सरकारले कालोसूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३(१) बमोजिम ती कम्पनीलाई सरकारी ठेक्काबाट बाहिर निकाल्ने निर्णय गरेको हो । कालोसूचीमा परेका कम्पनीहरूले तोकिएको अवधिसम्म कुनै पनि सरकारी निकायको खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›