जङ्गी अड्डामा पूर्वरथीहरुसँग अन्तरक्रिया
▸ यस स्टोरीको अंश: जङ्गी अड्डामा प्रधानसेनापतिद्वारा अवकाशप्राप्त रथीहरूसँग अन्तरक्रिया
जङ्गी अड्डामा अवकाश प्राप्त रथीहरूसँग अन्तरक्रिया एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाली सेनाले स्थापनाकालदेखि बहन गरिरहेको जिम्मेवारी तथा महत्वपूर्ण कार्यहरू तथा कल्याणकारी गतिविधिको सम्बन्धमा समीक्षा गर्दै राष्ट्रिय सुरक्षासँग सम्बद्ध समसामयिक विषयहरूमा छलफल भएको छ । प्रधान सेनापति अशोकराज सिग्देलले नेपाली सेनाको समयसापेक्ष आधुनिकीकरण तथा क्षमता विकासका लागि राष्ट्र र संस्थाप्रति समर्पित अग्रज नेतृत्वबाट निरन्तर प्रेरणा प्राप्त भएकामा उक्त अमूल्य योगदानप्रति उच्च सम्मान व्यक्त गरेका थिए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित