नदी किनारका विस्थापितलाई राहत र वैदेशिक अनुदान स्वीकार गर्ने सरकारको निर्णय
▸ यस स्टोरीको अंश: सरकारले नदी किनारका विस्थापितलाई २५ हजार पुनर्स्थापना खर्च र मासिक १५ हजार दिने
सरकारले काठमाडौं उपत्यकाका नदी किनारमा रहेका जोखिमयुक्त बस्तीहरू हटाउँदा विस्थापित हुने परिवारका लागि राहत तथा पुनर्स्थापना प्याकेजको घोषणा गरेको छ । विवरण रुजु भएका विस्थापित परिवारलाई पुनर्स्थापना खर्च बापत एकमुष्ठ २५ हजार रुपैयाँ उपलब्ध गराइनेछ । वैकल्पिक बसोवासको व्यवस्था आफैँ गर्न प्रोत्साहित गर्ने उद्देश्यले ५ सदस्य सम्मको परिवारलाई मासिक १५ हजार र सोभन्दा बढी सदस्य भएमा प्रति सदस्य थप २ हजार रुपैयाँका दरले ३ महिनाका लागि बसोवास व्यवस्थापन खर्च प्रदान गरिनेछ ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित