‘‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति गौरवपूर्ण’
▸ यस स्टोरीको अंश: कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग’ ले जुरी प्राइज जित्यो
काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले यस वर्ष ‘कान्स फिल्म फेस्टिभल’ मा नेपालको उपस्थिति नेपालीले गौरव गर्ने स्तरमा पुगेको बताएकी छन्। फेस्टिभलमा भाग लिएर स्वदेश फर्किएपछि शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले, फेस्टिभलमा अविनाशविक्रम शाहले निर्देशन गरेको नेपाली चलचित्र ‘इलिफेन्ट इन द फग (तिनीहरू)’ ले अनसर्टेन रिगार्ड विधामा ‘जुरी प्राइज’ प्राप्त गर्नुले नेपाली चलचित्र तथा रचनात्मक उद्योग र कला क्षेत्रको उचाइ अझ अग्लिएको उनले बताइन्।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›