सेमिफाइनलमा इरानसँग नेपाल पराजित, अब तेस्रो स्थानका लागि भारतसँग खेल्ने
▸ यस स्टोरीको अंश: काभा महिला भलिबल: इरानसँग पराजित भएसँगै नेपाल चौथो स्थानमा
काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल साबिक विजेता इरानसँग ३–० को सोझो सेटमा पराजित भएको छ । बिहीबार राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा नेपालले इरानको चुनौती सामना गर्न सकेन । पहिलो सेट २०–२५ ले गुमाएको नेपालले दोस्रो सेट १५–२५ र तेस्रो सेट ११–२५ ले हारेको हो । यस हारसँगै नेपाल अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित