क्यानद्वारा खेलाडी वर्गीकरण सम्झौता सार्वजनिक, पहिलो पटक ए प्लस श्रेणीमा तीन खेलाडी
▸ यस स्टोरीको अंश: नेपाल क्रिकेट संघद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक, शीर्ष खेलाडी ‘ए प्लस’ श्रेणीमा
नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय पुरुष क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । यसपटक पहिलो पटक ए प्लस श्रेणी समावेश गर्दै समग्र प्रणाली पुनर्संरचना गरिएको छ । संघले सार्वजनिक गरेको सूचीअनुसार कुल ३८ जना पुरुष खेलाडीलाई पाँच विभिन्न श्रेणीमा समावेश गरिएको छ । नयाँ ए प्लस श्रेणीमा रोहित पौडेल, दीपेन्द्र सिंह ऐरी तथा सन्दीप लामिछाने समावेश भएका छन् । ए प्लस श्रेणीमा परेका खेलाडीहरूले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›