बक्स अफिस : ‘परालको आगो’ र ‘लालीबजार’को उत्साहजनक व्यापार

यस स्टोरीको अंश: चलचित्र विकास बोर्डद्वारा सार्वजनिक बक्स अफिस विवरण: 'लालीबजार'को राम्रो कमाई
ehimalayatimes.com · 1 हप्ता अघि

गत वैशाख ११ गतेदेखि २५ गतेसम्म प्रदर्शनमा आएका नेपाली चलचित्रहरूको आधिकारिक बक्स अफिस तथ्यांक सार्वजनिक भएको छ । चलचित्र विकास बोर्डका अनुसार कमाइका हिसाबले ‘परालको आगो’ शीर्ष स्थानमा छ भने ‘लालीबजार’ दोस्रो स्थानमा देखिएको छ । ‘परालको आगो’ले चार करोड २२ लाख २३ हजार ४३५ रुपैयाँ ग्रस कमाइ गरेको छ भने ‘लालीबजार’ले तीन करोड ४२ लाख ६१ हजार ७७९ रुपैयाँ कमाएको छ । ‘मालती मंगले’ले ५० लाख रुपैयाँ कमाउन नसकेको तथ्यांकले देखाएको छ भने ‘गुरु आमा’ले २८ लाख ४४ हजार ४५१ रुपैयाँ कमाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू