तेस्रो सातामा पनि ‘लालीबजार’ को क्रेज, ५ करोड ७६ लाखको व्यापारिक रेकर्ड
▸ यस स्टोरीको अंश: ‘लालीबजार’ तेस्रो सातामा पनि सफल, ५ करोड ७६ लाखको व्यापार
यसवर्ष विसं २०८३ मा प्रदर्शन भएका फिल्महरू मध्येमा हालसम्म सबै भन्दा बढी कमाउने फिल्म ‘लालीबजार’ बनेको छ । चलचित्र विकास बोर्डले हाल फिल्म भवनमा प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गतको ‘सिनेमा २ बक्सअफिस’ले जेठ ९ गते शनिबारसम्मको व्यापार विवरण सोमबार सार्वजनिक गरेको हो । सार्वजनिक तथ्यांकअनुसार ‘लालीबजार’ले गत शनिबारसम्म ५ करोड ७६ लाख ३९ हजार ४७१ रुपैयाँ घरेलुबजारमा कमाइ गरेको छ । फिल्मका लागि कुल १ लाख ९६ हजार ४०६ टिकट बिक्री भएका छन् ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›