आगामी दुई वर्षभित्र एक खर्बको काठ विक्री गर्ने लक्ष्य, वन क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड बनाइने

यस स्टोरीको अंश: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा एक खर्बको काठ बिक्री गर्ने लक्ष्य राखेको छ
www.pardafas.com · 1 दिन अघि

कृषि, वन तथा वातावरणमन्त्री गीताकुमारी चौधरीले आगामी आर्थिक वर्ष २०८३/८४ सम्ममा करिब एक खर्ब रुपैयाँ बराबरको काठ विक्री गर्ने लक्ष्य लिएको बताएकी छन् । वन क्षेत्रको उचित व्यवस्थापनमार्फत मुलुकलाई काठमा आत्मनिर्भर बनाउँदै निर्यातको दिशामा अघि बढाउने योजना सार्वजनिक गरेकी हुन् । नेपालका विभिन्न वनबाट वार्षिक करिब ३ करोड घनफिट काठ उत्पादन भइरहेको जानकारी दिँदै उनले स्वदेशी काठको प्रयोगलाई प्राथमिकता दिन २०८२ चैत २८ गते मन्त्रिस्तरीय निर्णय भइसकेको स्पष्ट पारिन् ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू