शिक्षा सचिव भन्छन्- विद्यालय भवन निर्माणको पुरानो बेरुजु फर्स्यौट ठुलो समस्या
▸ यस स्टोरीको अंश: शिक्षा सचिव चुणामणि पौडेल भन्छन्- विद्यालय भवन निर्माणको पुरानो बेरुजु फर्स्यौटमा ठूलो समस्या
शिक्षा सचिव चुणामणि पौडेलले शिक्षा मन्त्रालयअन्तर्गत विद्यालय भवन निर्माणसँग सम्बन्धित पुराना बेरुजु फर्स्यौट गर्न ठूलो समस्या देखिएको बताएका छन् । साविक जिल्ला शिक्षा कार्यालयमार्फत गएको बजेटको फर्स्यौट हुन नसकेको र भवन निर्माण सम्पन्न भइसके पनि आवश्यक कागजात र प्रमाण अभावका कारण बेरुजु फर्स्यौट हुन नसकेको उनको भनाइ छ । मन्त्रालयमा लेखा तथा प्राविधिक जनशक्ति अभाव रहेको र स्थानीय तहसँग अनुरोध गरेर काम अगाडि बढाइरहेको उनले बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›