६६ लाख १३ हजार नाघ्यो ‘मेरो शेयर’ अकाउन्ट खोल्ने नागरिकको सङ्ख्या

techpana.com · 23 घण्टा अघि

अर्थ मन्त्रालयले सार्वजनिक गरेको 'आर्थिक सर्वेक्षण २०८२/८३' को तथ्याङ्कअनुसार नेपालको पुँजी बजारमा प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार भएसँगै शेयर बजारमा सर्वसाधारणको पहुँचमा उल्लेख्य वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म मेरो शेयर खाता खोल्नेको सङ्ख्या ६६ लाख १३ हजार पुगेको छ भने डिम्याट खाताको सङ्ख्या ७६ लाख ३९ हजार पुगेको छ । यस तथ्याङ्कले नेपालका एक चौथाइभन्दा बढी नागरिक औपचारिक रूपमा पुँजी बजारको दायरामा आबद्ध भइसकेको देखाउँछ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)
सम्बन्धित

मिल्दाजुल्दा लेखहरू