क्रिकेटमा खेलाडी वर्गीकरण सार्वजनिक: पहिलो पटक ‘ए प्लस’ श्रेणी, ३८ खेलाडी समेटिए

यस स्टोरीको अंश: एसियन गेम्स छनोटका लागि दीपेन्द्र ऐरीको कप्तानीमा नेपाली क्रिकेट टोली घोषणा
clickmandu.com · 4 दिन अघि

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि पुरुष खेलाडीहरूको नयाँ केन्द्रीय सम्झौता (वर्गीकरण) सार्वजनिक गरेको छ । यस पटक क्यानले पहिलो पटक ‘ए प्लस’ (ए+) श्रेणीको सुरुवात गर्दै कुल ३८ जना खेलाडीहरूलाई ५ विभिन्न श्रेणीमा विभाजन गरेको छ । नयाँ वर्गीकरण अनुसार राष्ट्रिय टोलीका तीन जना मुख्य खेलाडीहरू ‘ए प्लस’ श्रेणीमा परेका छन् । जसमा एकदिवसीय टोलीका कप्तान रोहित पौडेल, टी-२० टोलीका कप्तान दिपेन्द्र सिंह ऐरी र लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् । यो श्रेणीमा पर्ने खेलाडीहरूले मासिक १ लाख २० हजार रुपैयाँ पारिश्रमिक पाउने क्यानले जनाएको छ ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू