हर्क साम्पाङसहितलाई सभामुखको आदेश– पर्चा लिएर प्रदर्शन नगर्नू

यस स्टोरीको अंश: श्रम संस्कृति पार्टीका सांसदहरूलाई सभामुख अर्यालको मर्यादामा बसेर विरोध गर्न निर्देशन
baahrakhari.com · 1 हप्ता अघि

सभामुख डीपी अर्यालले श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङसहितका सांसदलाई पर्चा लिएर सभामुखको अगाडि प्रदर्शन नगर्न आदेश दिएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा यस्तो आदेश दिएका हुन् । “सभामुखको अगाडि पर्चा लिएर प्रदर्शन गर्नुभयो,” सभामुख अर्यालको भनाइ थियो, “प्रतिनिधिसभाको यो सभा महत्वपूर्ण थलो हो । विरोध गर्ने विभिन्न शैली हुन्छन् । तर मर्यादामा बसेर विरोध गर्नुपर्छ । मर्यादामा बसेर विरोध गर्नुहुन यसलाई आदेशकै रुपमा लिँदा हुन्छ । पर्चा देखाएर सदनमा विरोध गर्ने कानुन र नियमावली कसैले दिएको छैन । आगामी दिनमा मर्यादापूर्वक विरोध गर्नूहोला ।”

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू