आर्थिक अभावले मिर्गौला बिरामी कुँवरको उपचार प्रभावित
▸ यस स्टोरीको अंश: पब्जी मोबाइलले एनिमल नेपालसँग मिलेर ‘पज अफ हिरोज’ कार्यक्रम गर्यो
तनहुँकी ४० वर्षीया विष्णुमाया कुँवरको दुवै मिर्गौलाले काम गर्न छाडेपछि आर्थिक अभावका कारण नियमित उपचारमा समस्या भएको छ। घरको सम्पूर्ण जायजेथा सकिएपछि परिवारलाई बिहान–बेलुका पेटभरि खाने अन्नसमेत नभएको र आधा पेट खाएर बस्नुपर्ने अवस्था सिर्जना भएको छ। हाल आँबुखैरेनी अस्पतालमा हप्ताको दुई पटक डायलाइसिस गराउँदै आउनुभएकी कुँवरलाई गाउँबाट अस्पतालसम्म आउन–जान लाग्ने यातायात खर्च तथा नियमित रूपमा खरिद गर्नुपर्ने औषधिका लागि रकम अभाव भएपछि परिवार थप पीडामा परेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›