आत्मसम्मान र मौलिक अधिकारको लागि कसैसँग कुनै सम्झौता नगर्ने : गगन थापा
▸ यस स्टोरीको अंश: गगन थापा भन्छन्, नागरिक अधिकार र आत्मसम्मानमा कांग्रेसले सम्झौता गर्दैन
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकको आत्मसम्मान र मौलिक अधिकारको सन्दर्भमा कसैसँग सम्झौता नगर्ने बताएका छन् । उनले सरकारले नागरिक अधिकारलाई कुण्ठित गरेर सुकुम्बासी बस्तीमा डोजर चलाएको आरोप लगाउँदै सुशासनका नाममा नागरिक अधिकारलाई कमजोर पार्ने अभ्यास स्वीकार्य नहुने चेतावनी दिए । लोकतन्त्रबाट परिणामसँगै नागरिक अधिकारको सुरक्षा सुनिश्चित हुनुपर्नेमा जोड दिँदै उनले कानूनी परिधिभित्र रहेर गरिने सकारात्मक काममा कांग्रेसको पूर्ण समर्थन रहने बताए ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›