सरकारलाई गगन थापाका पाँच प्रश्न र सुझाव, संख्याका भरमा दम्भ नपाल्न चेतावनी
▸ यस स्टोरीको अंश: गगन थापाद्वारा सरकारलाई चेतावनी: संख्याको दम्भ त्याग्नुपर्छ, भदौ २४ को घटनाको छानबिन गरियोस्
नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई संख्याको भरमा दम्भ नदेखाउन चेतावनी दिएका छन् । उनले सरकारलाई जवाफदेही बन्न, जनजीविकाका सवाल सम्बोधन गर्न र संवैधानिक सीमाभित्र रहेर काम गर्न आग्रह गरे । थापाले सुकुम्बासी बस्ती व्यवस्थापन नगरी बल प्रयोग गरेर हटाउने कार्यप्रति आपत्ति जनाउँदै उद्योगी, व्यवसायी र बैंकका प्रमुख कार्यकारी अधिकृतलाई मनपरी पक्राउ गरिएको भन्दै सरकारमाथि आक्रोश व्यक्त गरे ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›