सार्वजनिक स्रोत साधनको मितव्ययी उपयोगमा महालेखाको जोड
▸ यस स्टोरीको अंश: राष्ट्रपति पौडेलद्वारा बढ्दो बेरुजुप्रति चिन्ता व्यक्त, वित्तीय अनुशासन कायम गर्न निर्देशनमहालेखा परीक्षकको कार्यालयले सार्वजनिक निकायको जवाफदेहिता, पारदर्शिता र निष्ठा प्रवर्द्धन गर्दै सार्वजनिक स्रोत–साधनको मितव्ययी तथा दिगो उपयोग सुनिश्चित गर्न क्षेत्रगत सुझाव दिएको छ। ६३औँ वार्षिक प्रतिवेदनमा शासकीय प्रबन्ध, अर्थतन्त्र, सार्वजनिक वित्त, सार्वजनिक सम्पत्ति व्यवस्थापन, सूचना प्रविधि, सार्वजनिक प्रशासन र सुशासन क्षेत्रमा सुधार गर्न सरकारलाई सुझाव दिइएको छ। प्रतिवेदनले सार्वजनिक निकायको स्वामित्वमा रहेका सम्पत्तिको विवरण सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणालीमा अभिलेख गर्ने, मौज्दात जिन्सी सामग्रीको किफायती मर्मत गरी उपयोग गर्ने र सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणमुक्त बनाउन सुझाव दिएको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित