महँगी नियन्त्रण गर्न सरकार असफल, तत्काल राहत प्याकेज ल्याउन सांसद लामाको माग

यस स्टोरीको अंश: सांसद लामाद्वारा सरकार महँगी नियन्त्रणमा असफल भएको आरोप, राहत प्याकेजको माग
www.makalukhabar.com · 1 हप्ता अघि

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामाले अस्वाभाविक रूपमा बढ्दै गएको महँगी नियन्त्रण गर्न सरकार असफल भएको आरोप लगाएकी छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद लामाले महँगीका कारण आम नागरिकको जनजीवन कष्टकर बनेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी हुन् । बजारमा दैनिक उपभोग्य वस्तुहरू चामल, दाल र तरकारीदेखि लिएर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य आकासिएको उल्लेख गर्दै उनले सरकारले सुशासनको प्रत्याभूति दिन नसकेको बताए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू