यस्तो छ एमालेको प्रस्तावित सचिवालयको वरीयताक्रम

यस स्टोरीको अंश: सांसद हर्क साम्पाङले प्रधानमन्त्रीको जवाफदेहिता माग गर्दै प्रतिनिधिसभामा प्लेकार्ड देखाएर विरोध जारी राखे
www.setopati.com · 6 दिन अघि

नेकपा एमालेले सचिवालय सदस्यहरूको वरीयताक्रम प्रस्तावित गरेको छ। एमालेमा पदाधिकारीहरू नै सम्मिलित सचिवालय गठन भएको छ। सोमबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको आठौं सचिवालय बैठकमा वरीयताक्रम प्रस्ताव गरिएको हो। शुक्रबार बस्ने बैठकले यसबारे निर्णय गर्नेछ। प्रस्तावित वरीयताक्रमअनुसार पार्टी अध्यक्ष ओलीपछि रामबहादुर थापा 'बादल' छन्। बादल पहिलो वरीयताका उपाध्यक्ष हुन्। उपमहासचिवहरूमध्ये योगेश भट्टराई तेस्रो नम्बरमा छन्। सचिवहरूमध्ये महेश बस्नेत पुछारमा छन्। यस्तो छ प्रस्तावित वरीयताक्रम- अध्यक्ष– केपी शर्मा ओली उपाध्यक्ष– रामबहादुर थापा ‘बादल’ उपाध्यक्ष– विष्णु पौडेल उपाध्यक्ष– पृथ्वीसुब्बा गुरूङ उपाध्यक्ष– गोकर्ण विष्ट उपाध्यक्ष– रघुजी पन्त महासचिव– शंकर पोखरेल उपमहासचिव– लेखराज भट्ट उपमहासचिव– रघुवीर महासेठ उपमहासचिव– योगेश भट्टराई सचिव– छविलाल विश्वकर्मा सचिव– पद्मा अर्याल सचिव– खगराज अधिकारी सचिव– भानुभक्त ढकाल सचिव– यामलाल कँडेल सचिव– शेरधन राई सचिव– राजन भट्टराई सचिव– हिक्मत कार्की सचिव– महेश बस्नेत प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३ १०:५७

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू