एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीको राजीनामा माग, उपाध्यक्षहरू र महासचिव पोखरेलसहितका नेताहरूले नेतृत्व हस्तान्तरणको आग्रह गरे
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओलीमाथि पार्टी पुनर्गठन र नेतृत्व हस्तान्तरणका लागि राजीनामा दिन दबाब बढेको छ। शुक्रबार र शनिबार बसेको बैठकमा उपाध्यक्षहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीको राजीनामा मागेका थिए भने महासचिव शंकर पोखरेलसहितका अधिकांश पदाधिकारीले पनि पार्टीलाई नयाँ दिशा दिन नेतृत्वले मार्गप्रशस्त गर्नुपर्ने धारणा राखेका छन्। अध्यक्ष ओलीले भने राजीनामा नदिने अडान राख्दै उपाध्यक्षहरूलाई विरोधी शक्तिसँग मिलेर पार्टीलाई संकटमा पार्ने प्रयास गरेको आरोप लगाएका छन्।
93 समाचार
·
6 घण्टा अघि
एमाले सचिवालय बैठकमा अध्यक्ष ओलीलाई नेतृत्व हस्तान्तरणको सुझाव, आज जवाफ दिने
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा अधिकांश सदस्यहरूले अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्व हस्तान्तरण गरी पार्टी पुनर्गठन गर्न सुझाव दिएका छन्। शुक्रबारदेखि जारी बैठकमा उपाध्यक्षहरू, महासचिव, उपमहासचिव र सचिवहरूले आ-आफ्नो धारणा राखेका छन्। आजको बैठकमा अध्यक्ष ओलीले नेताहरूले उठाएका प्रश्नहरूको जवाफ दिने कार्यक्रम छ।
96 समाचार
·
1 दिन अघि
एमालेले संविधान संशोधनका लागि विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गर्यो
नेकपा एमालेले संविधान संशोधनका लागि उपाध्यक्ष विष्णु पौडेलको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। सचिवालय बैठकले यो निर्णय गरेको हो। कार्यदलमा रघुजी पन्त, छविलाल विक, पद्मा अर्याल, अग्नी खरेल, महेश बर्तौला, पासाङ शेर्पा र केशब बडाल सदस्य रहेका छन्।
4 समाचार
·
2 दिन अघि
एमाले सचिवालय बैठकमा कार्यविभाजन, राजनीतिक अवस्था र पार्टी पुनर्गठनबारे छलफल
नेकपा (एमाले) को सचिवालय बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निजी निवासमा सम्पन्न भएको छ । बैठकमा पार्टीको सांगठनिक कार्यविभाजन, विभिन्न कार्यदलहरूको गठन, वर्तमान राजनीतिक घटनाक्रम, पार्टी पुनर्गठन र निर्वाचन समीक्षा लगायतका समसामयिक विषयहरूमा छलफल भएको छ । बैठकले पार्टीको केन्द्रीय कार्यालय भवन निर्माण गर्ने र सरकारका गलत कामविरुद्ध 'भण्डाफोर अभियान' चलाउने जस्ता निर्णयहरू पनि गरेको छ ।
23 समाचार
·
2 दिन अघि
एमाले सचिवालय बैठकमा ओली अल्पमतमा, केन्द्रीय समितिमा फेस गर्ने ओलीको अडान
नेकपा (एमाले)को सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली अल्पमतमा परेका छन्। बैठकमा पार्टी पुनर्गठनको बहस चलेको थियो। ओलीले आफू नेतृत्व नछाड्ने र सचिवालयले छाड भन्दैमा नछाड्ने अडान राख्दै केन्द्रीय समितिमा फेस गर्ने बताएका छन्।
9 समाचार
·
2 दिन अघि
किस्ट शिक्षण अस्पताल र मेदान्ता गुरुग्रामबीच क्यान्सर उपचारमा सहकार्य
किस्ट शिक्षण अस्पतालले क्यान्सर उपचार सेवालाई अत्याधुनिक प्रविधि, विशेषज्ञ टोली र बहुविषयगत समन्वयमार्फत प्रभावकारी रूपमा सञ्चालन गरिरहेको छ। यस अस्पतालले मेदान्ता गुरुग्रामसँगको सहकार्यमा टेलिमेडिसिनमार्फत दोस्रो राय तथा परामर्श सेवा प्रदान गर्दै आएको छ, जसले नेपाली क्यान्सर बिरामीहरूलाई अन्तर्राष्ट्रिय स्तरको विशेषज्ञ सेवा सहज रूपमा उपलब्ध गराउन योगदान पुर्याएको छ। यस सहकार्य अन्तर्गत दुई महत्वपूर्ण शैक्षिक तथा चिकित्सकीय कार्यक्रम सम्पन्न भएका छन्।
10 समाचार
·
3 दिन अघि
एमालेमा कार्यविभाजनको किचलोले नेतृत्व हस्तान्तरणको लडाइँ सतहमा
नेकपा एमालेभित्र पदाधिकारी र केन्द्रीय सदस्यहरूको कार्यविभाजन प्रस्तावलाई लिएर पार्टीभित्र ठूलो असन्तुष्टि देखिएको छ। अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमाथि पार्टीभित्रैबाट प्रश्न उठेपछि यसलाई कार्यविभाजनको मात्र नभई आगामी नेतृत्व हस्तान्तरणको लडाइँका रूपमा समेत हेरिएको छ। यसले ओलीको पार्टीभित्रको एकछत्र विरासतमाथि धक्का लागेको संकेत गरेको छ।
6 समाचार
·
4 दिन अघि
एमाले सचिवालय बैठकमा नेताहरूको कार्यविभाजन र नेतृत्व हस्तान्तरणबारे छलफल
नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक शनिबार पनि अध्यक्ष केपी शर्मा ओलीको निवासमा बस्यो, जहाँ नेताहरूको कार्यविभाजन र पार्टीको पुनर्गठनबारे छलफल भयो। बैठकमा केही उपाध्यक्षहरूले नेतृत्व हस्तान्तरणको माग गर्दै पार्टीको पुनर्गठन आवश्यक रहेको धारणा राखेका थिए।
4 समाचार
·
4 दिन अघि