दुईदिने बिदाको असर : अस्पताल अस्तव्यस्त, सातै दिन ओपिडी खोल्न दबाब

यस स्टोरीको अंश: दुईदिने बिदापछि अस्पतालमा अत्यधिक भिड, सेवाग्राहीहरूले सास्ती पाए
pradeskhabar.com · 1 दिन अघि

धुलिखेल अस्पतालमा शनिबार र आइतबारको बिदापछि सोमबार ओपिडी सेवा खुल्दा अत्यधिक भिडका कारण तनावपूर्ण अवस्था सिर्जना भयो । ओपिडी खुल्नुभन्दा एक घण्टाअघि नै बिरामीहरू नाम दर्ताका लागि लाममा बसेका थिए । चर्को गर्मीका बीच सेवाग्राही कष्टकर अवस्थामा थिए । त्यही समयमा अस्पतालको सर्भर डाउन भएपछि दुई दिनदेखि पालो कुरिरहेका बिरामी आक्रोशित बने । केही समय बिरामी र कर्मचारीबीच भनाभनसमेत भयो ।

पूरा लेख पढ्नुहोस् (3 मिनेट)

मिल्दाजुल्दा लेखहरू