स्वदेशी उद्योग मास्ने अन्त:शुल्क, राजस्व लक्ष्य पुर्‍याउने नाममा एकपछि अर्को वस्तुमा भारै भार

यस स्टोरीको अंश: बिमा क्षेत्रमा नीतिगत सुधारको आवश्यकता, कर छुट सीमा बढाउन माग
bizmandu.com · 3 दिन अघि

खुला बजार र उदारीकरणका सूत्रधार डा. रामशरण महत अर्थमन्त्री हुँदा २०५२ सालमा मूल्य अभिवृद्धि कर (भ्याट) ऐन आए पनि उद्योगी व्यवसायीको विरोधका कारण कार्यान्वयन हुन सकेको थिएन। पछि २०५४ देखि देशव्यापी रूपमा पूर्ण कार्यान्वयनमा ल्याइयो। हालसम्म १३ प्रतिशत कायम रहेको भ्याट दरका अतिरिक्त मदिराजन्य, सूर्तीजन्य, विलासी र क्यासिनो क्षेत्रबाहेक अन्य वस्तुमा पनि अन्तःशुल्क थपिन थालेको छ। यसले गर्दा भारतमा भन्दा नेपालमा उत्पादित र आयातित दुबै प्रकारका वस्तु महँगो भएका छन् र अवैध आयातलाई प्रोत्साहन गरिरहेको छ। अन्तःशुल्कको अस्पष्ट नीतिकै कारण नेपालले भारततर्फ गर्दै आएको फलामे वस्तु जीआई वायरको निर्यात धराशायी भएको छ।

पूरा लेख पढ्नुहोस् (6 मिनेट)

मिल्दाजुल्दा लेखहरू