संविधान संशोधन बहसमा निजी क्षेत्रको जोड : ‘समाजवाद उन्मुख’ हटाएर खुला बजार अर्थतन्त्र लेख्न माग
▸ यस स्टोरीको अंश: सरकार निजी क्षेत्रमैत्री नीति लिइरहेको छ: संयोजक शाह
प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार तथा संविधान संशोधन बहसपत्र तयारी कार्यदलका संयोजक असिम शाहले सरकार निजी क्षेत्रमैत्री नीतिका साथ अघि बढिरहेको बताएका छन्। उनले व्यवसायीहरूलाई ढुक्क भएर व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै सरकारले कसैलाई लक्षित गरेर धरपकड नगरेको दाबी गरे। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार उद्योग, वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिसँग संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्ने क्रममा शाहले निजी क्षेत्रसँग सहकार्य नगरी मुलुकको आर्थिक विकास सम्भव नभएको बताए।
पूरा लेख पढ्नुहोस् (3 मिनेट) ›