अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन आह्वान गर्यो
अर्थ मन्त्रालयले नेपाल बीमा प्राधिकरणको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन आह्वान गरेको छ। सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकलाई जेठ १९ गतेभित्र व्यक्तिगत विवरण पेस गर्न भनेको छ।