घरजग्गा, गाडी र सेयरः दलाली मालामाल, सर्वसाधारण र बैंक, वित्तिय संस्था चुर्लुम्म !
▸ यस स्टोरीको अंश: राष्ट्र बैंकले १० ठूला बैंकको कर्जा परीक्षण सम्पन्न, केहीमा पुँजी वृद्धि आवश्यकडा.बाबुराम भट्टराई र युवराज खतिवडा अर्थमन्त्री र प्रधानमन्त्री हुँदा सेयरमा लगानी गर्नु जुवा खेल्नुसरह हो भनेका थिए । अहिले ८३ लाख ६७ हजार सर्वसाधारणको सेयरमा लगानी छ, तर केही वर्षअघि ३२ सयदेखि ४५ सयमा किनिएको सेयर अहिले २७ सयमा झरिसकेको छ । बैंकको लगानी घरजग्गा, गाडी र सेयरमा छ । सेयर धितो राखेर अर्बौ–खर्बौ कर्जा बैंकले प्रवाह गरेको छ, तर अहिले मूल्य घट्दा बैंक संकटमा परेको छ । घरजग्गा, गाडी र सेयरमा लगानी गर्दा राज्यलाई कर छलिरहेको अवस्था छ । सुनचाँदीमा पनि राज्यले कर नलिँदा कालोधनलाई सेतोधन बनाउने माध्यम बनेको छ । रोपनीको दश हजारमा नबिक्ने खेतीयोग्य जमिन आनाकै २५ लाखदेखि करोडौंमा बेचियो । यसरी दलालीको लहैलहैमा लागेर गरिएको लगानीले धेरै जनता डुबेका छन् ।
पूरा लेख पढ्नुहोस् (4 मिनेट) ›
सम्बन्धित