तमलोपाको प्रस्ताव : मधेशमा दुई प्रदेश, स्थानीय तह गैर दलीय
▸ यस स्टोरीको अंश: हर्कराज राईको माग: प्रधानमन्त्रीलाई सदनमा ल्याउनुस् वा मलाई निष्कासन गर्नुहोस्
तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) ले ‘समग्र मधेश दुई प्रदेश’ को माग गरेको छ । वृषेशचन्द्र लाल नेतृत्वको तमलोपाले संविधान संशोधन बहस पत्र तयारका लागि गठित कार्यदललाई दिएको सुझावमा नेपालको पूरै मधेशलाई पूर्वी र पश्चिमी मधेश प्रदेश बनाउनुपर्ने उल्लेख छ । सुझावमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रिय सभामा जनसंख्याको आधारमा प्रतिनिधित्व, स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा हुनुपर्ने उल्लेख छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित