सुकुम्बासीको व्यवस्थापनमा सरकार चुक्यो, गरिबविरुद्ध डोजर चलाउनु अमानवीय: सभापति थापा
▸ यस स्टोरीको अंश: गगन थापा भन्छन्: गरिबी निवारणको नाममा गरिबलाई विस्थापित गर्नु सरकारको कमजोरी
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले भूमिहीन तथा सुकुम्बासीहरूको उचित व्यवस्थापन गर्न सरकार पूर्ण रूपमा चुकेको आरोप लगाएका छन् । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानद्वारा शुक्रबार राजधानीमा आयोजित ‘विस्थापनको व्याकुलता: सहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक संघर्षको विश्लेषण’ विषयक ‘ग्रिन टेबल’ छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले बाहिरबाट हेर्दा खोला किनारको अव्यवस्थित बस्ती मात्र देखिए पनि त्यहाँ बसोबास गर्ने नागरिकका लागि त्यो नै सर्वस्व भएको उल्लेख गरे।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित