सुकुम्बासी बस्ती हटाउने कार्यमा राज्य क्रूर र अमानवीय देखियोः महामन्त्री पौडेल

यस स्टोरीको अंश: कांग्रेस महामन्त्री पौडेलद्वारा सुकुम्बासी बस्ती हटाउने कार्यमा राज्यको व्यवहारको आलोचना
newspolar.com · 10 घण्टा अघि

नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले सुकुम्बासी बस्ती हटाउने सन्दर्भमा राज्यको व्यवहार क्रूर र अमानवीय देखिएको टिप्पणी गर्नुभएको छ । बस्ती खाली गराउनुपूर्व पर्याप्त समय र विकल्प नदिई बल प्रयोग गरिएको भन्दै उहाँले राज्यको कार्यशैलीप्रति आपत्ति जनाउनुभएको हो । शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित ‘विस्थापनको व्याकुलताः शहरी सुकुम्बासीको स्वास्थ्य र मनोसामाजिक सङ्घर्षको विश्लेषण’ विषयक कार्यक्रममा बोल्दै महामन्त्री पौडेलले बस्ती छोड्नका लागि उचित समय र सहज वातावरण उपलब्ध गराउनुपर्नेमा राज्यले त्यसो नगरेको बताउनु भयो ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू