केही स्थानमा वर्षा, तराईमा तापक्रम बढ्ने अनुमान
▸ यस स्टोरीको अंश: पश्चिमी वायु र स्थानीय वायुको प्रभावले तीन प्रदेशमा वर्षा, सुदूरपश्चिम र लुम्बिनीका तराईमा तापक्रम बढ्ने
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहँदा कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तापक्रम बढ्ने सम्भावना छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›