बेलायती मन्त्री सीमा काठमाडौंमा
▸ यस स्टोरीको अंश: बेलायती मन्त्री सीमा मल्होत्राको नेपाल भ्रमण: शिक्षा, सीप र आर्थिक सहकार्यमा जोड
बेलायत सरकारकी इन्डो–प्यासिफिक मामिला तथा समानता सम्बन्धी राज्यमन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा आएकी छिन् । बेलायतकी लेबर पार्टीकी नेतृ समेत रहेकी उनी आज नेपाल आइपुगेकी हुन् । उनी नेपाल भ्रमणमा आएको पुष्टि काठमाडौँस्थित बेलायती दूतावासले गरेको छ । राज्यमन्त्री सीमालाई स्वागत गर्दै दूतावासले बेलायत–नेपालको लागि यो एक महत्त्वपूर्ण भ्रमण हुने बताउँदै दुई देशको मित्रता तथा साझेदारीलाई अझ बलियो बनाउने बताएको छ ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›
सम्बन्धित