संक्रमणकालीन न्याय सम्बन्धी आयोग तत्काल सक्रिय पारियोस् : भीष्मराज आङ्देम्बे
▸ यस स्टोरीको अंश: कांग्रेस नेता आङदेम्बेद्वारा संक्रमणकालीन न्याय आयोगमा तत्काल नियुक्ति र ऐन संशोधनको माग
नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संक्रमणकालीन न्यायसँग सम्बन्धित आयोगहरूलाई तत्काल सक्रिय र प्रभावकारी बनाउन सरकारसँग माग गरेका छन् । संक्रमणकालीन न्याय प्रक्रियाको वर्तमान अवस्थाबारे गम्भीर प्रश्न उठाउँदै विस्तृत शान्ति सम्झौता र सर्वोच्च अदालतका आदेशअनुसार काम अघि बढाउन ढिलाइ भएको टिप्पणी गरेका हुन् । उनले संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरू राजनीतिक भागबन्डाका आधारमा पुनर्गठन गरिएको भन्दै आपत्ति जनाए ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›