शैक्षिक परामर्श संस्थामाथिको धरपकडप्रति ईक्यानको आपत्ति
▸ यस स्टोरीको अंश: शैक्षिक परामर्श संस्थामाथि धरपकडप्रति ईक्यानको आपत्ति, अपराधीकरण नगर्न आग्रह
नेपाल शैक्षिक परामर्श संघ (ईक्यान)ले पछिल्लो समय शैक्षिक परामर्श संस्थामाथि भइरहेको अनुगमन, छापा, धरपकड तथा नियन्त्रणका गतिविधिप्रति गम्भीर चासो व्यक्त गरेको छ। संघले केही सीमित घटनाका आधारमा सम्पूर्ण शैक्षिक परामर्श क्षेत्रलाई अपराधीकरण गर्ने प्रयास उचित नभएको जनाएको छ। ईक्यानले शिक्षा क्षेत्रको नाममा हुने ठगी, झुटा आश्वासन, नक्कली कागजातको प्रयोग, अवैध आर्थिक कारोबार तथा विद्यार्थी र अभिभावकमाथि हुने दुरुपयोगलाई कुनै पनि हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारेको छ।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›