उफ् गर्मी [फोटो कथा]
केही दिनयता काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा गर्मी बढेको छ। प्रि-मनसुन सक्रिय हुनुअघि लामो समयसम्म वर्षा नहुँदा तापक्रम क्रमशः बढिरहेको छ। पश्चिमी तथा स्थानीय वायुको प्रभाव कमजोर रहँदा आकाश खुला भएको र घामको प्रत्यक्ष प्रभाव बढेकाले तापक्रम उच्च बनेको छ। गर्मी बढेपछि स्वास्थ्यविज्ञहरूले अत्यधिक घाममा ननिस्कन, प्रशस्त पानी तथा झोलिलो पदार्थ सेवन गर्न सुझाव दिएका छन्।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›