तराईमा उखरमाउलो गर्मीले जनजीवन प्रभावित
केही दिनयता पश्चिम तराईसहित देशका अधिकांश स्थानमा गर्मी बढेको छ। गर्मीसँगै तराईका जिल्लामा तातो हावा (लु) चल्दा बिरामी हुनेको संख्या बढ्दै गएको छ। अस्पतालहरूमा बिरामीको चाप बढेको छ भने जनजीवन पनि नराम्रोसँग प्रभावित भएको छ। जल तथा मौसम पूर्वअनुमान विभागले सोमबार बिहान ८ बजे सार्वजनिक गरेको तथ्यांकअनुसार नेपालगन्जको तापक्रम ३९ देखि ४१ डिग्री सेल्सियससम्म पुगेको छ।
पूरा लेख पढ्नुहोस् (7 मिनेट) ›