पूर्वमन्त्री गुरुङलाई प्रभु बैंकको पैँतीस दिनभित्र ऋण चुक्ता गर्न अल्टिमेटम
▸ यस स्टोरीको अंश: १० ठूला बैंकको निष्क्रिय कर्जा ७.६ प्रतिशत पुगेको स्वतन्त्र अध्ययनले देखायो
प्रभु बैंक लिमिटेडले नेकपाका नेता तथा पूर्वमन्त्री अम्बिरबाबु गुरुङलाई ऋण चुक्ता गर्न ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ। बैंकले गुरुङ दम्पतीका नाममा रहेको ५० लाख रुपैयाँभन्दा बढी कर्जा असुल हुन नसकेपछि सार्वजनिक सूचना प्रकाशित गरेको हो। बैंकले तोकिएको अवधिभित्र ऋण फर्छ्योट नगरे नेपाल राष्ट्र बैंक कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्न सिफारिस गरिने चेतावनीसमेत दिएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›