मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन कमजोर रहेको निष्कर्ष, सरकारको ध्यानाकर्षण

यस स्टोरीको अंश: सरकारी सेवामा महिला कर्मचारी ३० प्रतिशत पुगे, २६ हजार समावेशी विज्ञापनबाट सिफारिश
prasashan.com · 3 दिन अघि

राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई गरेका मानव अधिकारसम्बन्धी सिफारिसहरूको कार्यान्वयन अवस्था सन्तोषजनक नभएको जनाएको छ । आयोगका अध्यक्ष तपबहादुर मगरका अनुसार आयोग स्थापना भएदेखि हालसम्म सरकारद्वारा मात्र करिब १३.२९ प्रतिशत सिफारिस पूर्ण रूपमा कार्यान्वयन भएको छ । बाँकी सिफारिसहरूको कार्यान्वयन प्रक्रिया कमजोर रहेको आयोगको मूल्यांकन छ । नागरिक तथा राजनीतिक अधिकारको तुलनामा आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको कार्यान्वयन अझै सन्तोषजनक नभएको उल्लेख गर्दै राज्यले यस्ता क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको उनले बताए ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू