मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्छ : लिङ्देन
▸ यस स्टोरीको अंश: राप्रपा अध्यक्ष लिङ्देनले मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्न सरकारलाई आग्रह गरे
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले जेनजी आन्दोलनसम्बन्धी मानवअधिकार आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताएका छन्। पार्टी स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आयोगको प्रतिवेदनले धेरै कुरा उजागर गरेको भन्दै सरकार यसलाई कार्यान्वयन गर्ने दिशातर्फ अग्रसर हुनुपर्ने बताए। उनले गणतन्त्रको करिब दुई दशकमा के पायौँ र के गुमायौँ भन्ने समीक्षा गर्ने बेला आएको र गणतन्त्रपछि अर्थतन्त्र मजबुत हुन नसकेको तथा सुशासन कायम हुन नसकेको बताए।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›