आफ्ना सांसदलाई जनताका मुद्दामा प्रखर बन्न रास्वपाको निर्देशन [भिडियो]

यस स्टोरीको अंश: इन्दिरा रानाले सोधिन् रवि लामिछानेसँग सुकुम्बासी व्यवस्थापनमा पार्टीको धारणा
hamrakura.com · 6 दिन अघि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संगठन, संसद र सरकार बीचको समन्वयलाई प्रभावकारी बनाउन सातै प्रदेशका सांसदहरूसँग अन्तरक्रिया कार्यक्रम शुरू गरेको छ । अभियानअन्तर्गत शुक्रबार कोशी र मधेस प्रदेशका सांसदहरूसँग पार्टी सभापतिले छुट्टाछुट्टै छलफल गरेका हुन् । छलफलमा सांसदहरूले निर्वाचनका क्रममा भोगेका अनुभव, जनताका अपेक्षा, क्षेत्रीय समस्या तथा पार्टीऔसरकार समन्वयबारे धारणा राखेका थिए । रास्वपाका सचेतक प्रकाशचन्द्र परियारका अनुसार पार्टी सभापतिले वडादेखि संघसम्मका गतिविधि, आगामी महाधिवेशनको तयारी, संसदीय भूमिकालाई जनमुखी बनाउने विषय तथा पार्टीभित्र देखिएका चुनौतीबारे सांसदहरूलाई निर्देशनात्मक सुझाव दिएका थिए ।

पूरा लेख पढ्नुहोस् (2 मिनेट)

मिल्दाजुल्दा लेखहरू