बजेट भाषणको पूर्व सन्ध्यामा राष्ट्रपति पौडेल भेट्न पुगे अर्थमन्त्री वाग्ले

यस स्टोरीको अंश: अर्थमन्त्री वाग्लेले आगामी आर्थिक वर्षको बजेट संघीय संसद्मा प्रस्तुत गरे
arthadabali.com · 1 दिन अघि

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेललाई आगामी आर्थिक वर्षको बजेटबारे जानकारी गराएका छन् । बिहीबार अपरान्ह राष्ट्रपति कार्यालय शितल निवास पुगेर उनले आर्थिक वर्ष २०८३/८४ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)बारे राष्ट्रपतिलाई जानकारी गराएका हुन् । भेटमा अर्थमन्त्रीले संसद्मा पेस गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन पनि राष्ट्रपतिलाई हस्तान्तरण गरे । अर्थमन्त्रीले भोली (जेठ १५ गते) अपरान्ह ४ बजे संसदको संयुक्त सदनमा सरकारको आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै छन् ।

पूरा लेख पढ्नुहोस् (1 मिनेट)

मिल्दाजुल्दा लेखहरू