बजेट पेस गर्न संयुक्त बैठकको तयारीमा संघीय संसद् सचिवालय
▸ यस स्टोरीको अंश: आगामी आर्थिक वर्षको बजेट पुरानै हलबाट प्रस्तुत हुने, तयारी पूरा
संघीय संसद् सचिवालयले आगामी आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस हुने शुक्रबारको संयुक्त बैठकको तयारी पूरा गरेको छ। सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा शुक्रबार दिउँसो ४ बजे संयुक्त बैठक राखिएको छ, जसमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट पेस गर्नेछन्। स्थानाभावका कारण बजेट प्रस्तुति हुने संयुक्त बैठकमा संवैधानिक निकायका पदाधिकारी, उच्चाधिकारी र कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिलाई आमन्त्रण नगरिएको सचिवालयले जनाएको छ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›