ब्रह्मज्योति विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा लोकनाथ लामिछाने पुनः चयन
▸ यस स्टोरीको अंश: एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगद पुरस्कार र सम्मानमाडी नगरपालिका–५ ब्रह्मपुरीस्थित ब्रह्मज्योति आधारभूत विद्यालयको विद्यालय व्यवस्थापन समिति अध्यक्षमा लोकनाथ लामिछाने सर्वसम्मत पुनर्चयन हुनुभएको छ । विद्यालय व्यवस्थापन समिति गठनका लागि गठित सहयोग समितिका संयोजक तथा वडा नं. ५ का वडा अध्यक्ष गणेश प्रसाद विश्वकर्माको अध्यक्षतामा बसेको अभिभावक भेलाले लामिछानेलाई अध्यक्षमा चयन गरेको हो । माडी नगरपालिकाले नगरभित्रका सबै सामुदायिक विद्यालयलाई अध्यादेशले गरेको व्यवस्था बमोजिम विद्यालय व्यवस्थापन समिति पुनर्गठन गर्न निर्देशन दिएसंगै वि.व्य.स.हरू पुनर्गठन हुन थालेका छन् ।
पूरा लेख पढ्नुहोस् (1 मिनेट) ›