शिक्षण सुधारका लागि काठमाडौं महानगरको सक्रियता: एकै वर्षमा १४ सयभन्दा बढी शिक्षकलाई विशेष तालिम
▸ यस स्टोरीको अंश: महावीर पुनले राहत कोटाका शिक्षकलाई स्थायी दरबन्दीमा ल्याउन सरकारलाई आग्रह गरे
काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा १ हजार ४६६ जना शिक्षकहरूलाई विभिन्न विधामा व्यावसायिक तालिम प्रदान गरेको छ। यस कार्यक्रमको उद्देश्य सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्नु हो। तालिमहरूमा बाल विकास सहजकर्ता, मनोवैज्ञानिक तथा मनोसामाजिक परामर्श, नेपाल भाषा प्रशिक्षण, सूचना तथा प्रविधि, एकीकृत पाठ्यक्रम कार्यान्वयन, मूल्यांकन र प्रश्नपत्र निर्माण जस्ता विषय समावेश थिए। यसका साथै, अपाङ्गता पहिचान सम्बन्धी तालिममा ८३ जना शिक्षक सहभागी भएका थिए।
पूरा लेख पढ्नुहोस् (2 मिनेट) ›
सम्बन्धित